दफा १०
कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार
: (१) कार्यकारी निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ –
(क) समितिको निर्णय एवं निर्देशनहरु कार्यान्वयन गर्ने, गराउने,
(ख) प्रतिष्ठानको दीर्घकालीन एवं अल्पकालीन योजना, वार्षिक कार्यक्रम तथा बजेट तयार गर्ने,
(ग) समितिबाट स्वीकृत योजना तथा आयोजना कार्यान्वयन गर्ने गराउने ।
(घ) स्वीकृत बजेट रकम निकासा दिने,
(ङ) प्रतिष्ठानको प्रशासकीय प्रमुखको हैसियतले अन्य आवश्यक कार्य गर्ने ।
(२) उपदफा (१) मा लेखिएदेखि बाहेक कार्यकारी निर्देशकको अन्य काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।